‘सरकारलाई डिस्टिङसनभन्दा माथि ए प्लस दिन्छु’
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको दुर्बलभन्दा सबल पक्ष धेरै भएको विचार यूवा संघ नेपालका नेता क्षितिज थेवेले राखेका छन् ।
उनले वर्तमान सरकारलाई उच्च अंक दिँदै सरकारले लोकप्रिय र ऐतिहासिक काम गरिरहेको बताएका छन् ।
सनराइज खबरले थालेको ‘यो सरकार कस्तो लाग्दैछ ?’ श्रृखलामा विकास अधिकारीसँग वार्ता गर्दै क्षितिजले तीनवटै तहको सरकारले अहिले राम्रोसँग काम गरिरहेको र केन्द्र सरकारले झनै लोकप्रिय काम गरेको भन्दै सरकारको प्रशंसा गरेका हुन् ।
विकाससँग क्षितिजले सरकारको सबल र दुर्बल दुवै पक्षको चर्चा गरेका थिए । सरकारको काम गराईको मूल्याङ्कन गर्दै उनले उच्च अंक दिएका छन् । ‘यो सरकारलाई म डिस्टिङसनभन्दा माथि ए प्लस दिन्छु’– क्षितिजको भनाइ छ ।
‘यो सरकारले सिन्डिकेट अन्त्य गरेको छ । किलोका किलो सुन भित्रने गरेको थियो, अहिले ठप्प भएको छ । आफ्नो गाँउ आफै बनाउ भन्ने कार्यक्रम फेरि प्रभावकारी ढंगले सुरु भएको छ’– क्षितिजले भने ।
ज्येष्ठ नागरिकलाई दिइने भत्ता बढाइएको तथा अन्य लोककल्याणकारी काम गरेको भन्दै क्षितिजले यो सरकार बालक–युवादेखि वृद्धवृद्धा सम्मको मुटुको ढुकढुकी भएको बताए ।
सत्तारुढ नेकपाको युवा संगठन (तत्कालीन एमाले) का सचिव रहिसकेका क्षितिजले सरकारको दुर्बल पक्ष नदेखिएको बताए ।
‘दुर्बल पक्ष एउटै पक्ष देखिएन भन्न कसरी मिल्छ ?’ विकासको प्रश्नमा क्षितिजले सरकारको एउटा दुर्बल पक्ष औंल्याए । सामाजिक सञ्जाल नकारात्क बन्दै गएको चर्चा गर्दै उनले सरकारले देशबाट नकारात्मक धारणा हटाउन नसकेको टिप्पणी गरे ।
सरकारको सबल र दुर्बल पक्षको चर्चा गरिसकेपछि विकासले क्षितिजलाई सोधेका छन्– ‘सरकारलाई कति अंक वा कुन डिभिजन दिनुहुन्छ ?’
जवाफमा क्षितिजले ‘डिस्टिन्सन भन्दा माथि ए प्लस दिन्छु’ भनेका छन् ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस